नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले
भरतपुरमा हसिया हथौडामा भोट हाल्न गाह्रो मान्ने हो भने देश दुर्घटनातिर जाने
बताएका छन् ।सत्तारूढ गठबन्धनले भरतपुरमा आयोजना गरेको जनसभामा सम्बोधन
गर्दै प्रचण्डले कांग्रेस-माओवादी मिलेर परिवर्तन संस्थागत गरिएको भन्दै गठबन्धनको
अपरिहार्यता रहेको बताएका छन् ।गत स्थानीय तहको निर्वाचनमा गरिएको गठबन्धनलाई स्मरण गर्दै
प्रचण्डले भने, 'त्यतिबेला हँसिया हथौडा र रुख मिलेर हिंडेको गलत थियो ? मैले
साँच्ची नै तपाईको अगाडि उभिएर भन्दै गर्दा, रुखवालाले हसियाँ हथौडामा भोट हाल्न
धेरै गाह्रो जस्तो देखियो । तर व्यवहारमा आउँदा मैले सहज देखिन । सहज नदेखिएको
चितवन नै हो । मधेश पनि हो । त्यसले हामीलाई चिन्तित तुल्याएर एमालेसँग हिंड्न
बाध्य भएका हौँ ।'
उनले गठबन्धनले गरेको निर्णय कार्यान्वयन नभए आफूले नयाँ
फैसलासमेत लिन बाध्य हुने चेतावनी दिए ।