काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन्। देखापढीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले प्रधानमन्त्रीको असंवैधानिक कदम सर्वोच्चले सच्याइदिएको बताए। “सबै विषय अदालतले टुग्याइदिनुपर्ने अवस्था आउनु राम्रो नभएपनि नेतृत्व स्वेच्छाचारी र अंहकारी भएपछि बाध्य भई नै रहेछ” पौडेलले भने। संविधानको मर्म र भावनाअनुसारको फैसलाले अदालतको गरिमा झनै उचो बनाइदिएको पौडेलले बताए।