उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकताका विषयमा परेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले सांसद पद खारेज गरेको छ । उक्त फैसला कार्यान्वयन गर्न रास्वपा बाध्य भएको रास्वपाका महामन्त्रीसमेत रहेका पार्टी प्रवक्ता मुकुल ढकालले बताएका छन् ।