शिशु हत्या गर्ने आमालाई ४ वर्ष कैद, गर्भ बोक्न बाध्य पार्ने पुरुषलाई जन्मकैद

अवैध गर्भधारणबाट जन्मिएकी नवजात शिशुको हत्या गर्ने आमा भन्दा पनि अवैध गर्भधारण गर्न बाध्य बनाउने पुरुषलाई मुख्य जिम्मेवार ठहर गर्दै  उच्च अदालत दिपायलले मंगलबार एउटा ऐतिहासिक फैसला गरेको छ। भाउजू नाताकी महिलालाई अवैध गर्भधारण गराई शिशु हत्या भएको घटनामा उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुँवर र जगत बहादुर थापाको संयुक्त इजलासले राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाएको हो। अवैध गर्भधारण पछि शिशु जन्मेको ३४ दिनमा नवजात शिशुको हत्या गरेको अभियोगमा यसअघि बाजुरा जिल्ला अदालतले आमालाई मात्र ४ वर्...

सम्बन्धित सामग्री

नवजात शिशु हत्या गर्ने आमा पक्राउ

हेलम्बु गाउँपालिका–५ कल्लेरीकी २२ वर्षीया रबिना तामाङलाई आफ्नै नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

१६ दिने शिशु हत्या प्रकरण : किशोरीलाई गर्भधारण गराउने युवक मुस्ताङमा

दाङमा १६ दिने  नवजात शिशुको हत्या गर्ने १५ वर्षीया किशोरीलाई गर्भधारण गराउने पुरुष मुस्ताङमा रहेको खुलेको छ । बुधबार राप्ती गाउँपालिका–३ निवासी १५ बर्षीया  दलित समुदायकी अविवाहित  एक किशोरीले आफ्नो १६ दिने शिशु (छोरी) लाई सेफ्टी ट्याङ्कीमा फालेर हत्या गरेको घटना बाहिरिएको थियो । त्यसलगत्तै प्रहरी नियन्त्रणमा रहेकी किशोरीले आफुलाई गर्भधारण गराउने पुरुषका बारेमा  पोल खोलेकी छन् ।उनले आफुलाई सोही वडाका स्थानीय युवक २२ वर्षीय विकास घर्तीमगरले गर्भधारण गराएको बताएकी हुन् । घ

दाङमा १६ दिनको शिशु हत्या आरोपमा १५ वर्षीया आमा पक्राउ

काठमाडौं : दाङमा १६ दिनको शिशु हत्या अभियोगमा १५ वर्षीया आमा पक्राउ परेकी छन्। दाङको राप्ती गाउँपालिका वडा नं–३ मसुरिया निवासी एक १५ वर्षीया आमाले १६ दिने शिशुलाई सेफ्टी ट्यांकीमा फालेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए। उनले गत जेठ ९ गते शिशुको जन्म दिएको काफ्लेले बताए। आज बिहान-४ बजेतिर ती १५ वर्षीया आमाले आफू चर्पी गएको समयमा छोरी हराएको भनेर गाउँमा हल्ला गरेकी थिइन्। त्यसपछि इलाका प्रहरी कार्यालय

उच्च अदालत दिपायलद्धारा हत्या गर्न लगाउनेलाई जन्मकैद सजाए

डोटी । उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल राजपुरले भने निज दोषी भएको […]

भाउजुलाई बलात्कारपछि शिशु हत्या गर्न दवाव दिने युवालाई जन्मकैद

बाजुरा । हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ । करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको हो । राजकुमारमाथी भाउजु नाता पर्ने युवती (परिवर्तित नाम रिंकु) बलात्कार गरेको आरोप थियो । बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ […] The post भाउजुलाई बलात्कारपछि शिशु हत्या गर्न दवाव दिने युवालाई जन्मकैद appeared first on राजधानी राष्ट्रिय दैनिक.

हाडनाता करणीबाट जन्मिएको बच्चाको हत्या गर्न लगाउनेलाई जन्मकैद

उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल राजपुरले भने निज दोषी भएको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । राजकुमारको बलात्कारपछि गर्भवती भएकी एक युवतीले विक्रम संवत् २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन् । उनीबाट जन्मिएको बच्चा मारिदिनु...

शिशु हत्या अभियोगमा आमा पक्राउ

आफ्नै शिशु हत्या गरेको अभियोगमा कास्की प्रहरीले आमालाई पक्राउ गरेको छ ।

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ

आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् । कुँबरले ४२ दिनको आफ्नै नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बिहीबार पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार उनलाई कर्तव्य ज्यानस...