खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै मिथिला लघुवित्तको नाफा २३३% बढ्यो

वैशाख १९, काठमाडौं ।  मिथिला लघुवित्त वित्तीय संस्थाको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २३३ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. १ करोड ५३ लाख ३१ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ११ लाख ८३ हजार पुगको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।  साथै, सो अवधिमा रू. १ करोड ३७ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढेको हो । चुक्तापूँजी रू. १२ करोड १७ लाख ४० हजार रहेको कम्पनीले जगेडा कोषमा रू. १३ करोड १७ लाख ७२ हजार सञ्चित गरेको छ ।  चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९९ करोड ७ लाख सापटी लिएर रू. ४५ करोड १५ लाख ७१ हजार निक्षेप संकलन गरेर रू. १ अर्ब ६२ करोड २० लाखभन्दा बढी कर्जा लगानी गरेको हो ।  सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५६ दशमलव शून्य ६, मूल्य आम्दानी अनुपात ३२ दशमलव शून्य ३ गुणा, तरलता अनुपात ८ दशमलव ११ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०८ दशमलव २४ पुगेको हो ।  

सम्बन्धित सामग्री