खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाडेप लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

साउन २२, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको नाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा  रू. १८ लाख ५२ हजार नाफा कमाएको उक्त कम्पनीले गत आवको सोही अवधिमा वृद्धि गरेर रू. १५ करोड ६८ लाख ४८ हजार नाफा कमाएको छ ।  गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएकाले सञ्चालन नाफा आकर्षक रुपमा वृद्धि भई नाफा बढेको हो ।  कम्पनीको चुक्तापूँजी रू. ४० करोड ४८ लाख रहेको छ भने जगेडामा रू. ३६ करोड ७२ लाख ९ हजार सञ्चित गरेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने सम्झौता भएसँगै उक्त कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । कम्पनीको शेयर कारोबार दोस्रो बजारमा विसं २०७७ पुस १६ गतेदेखि शेयर कारोबार रोक्का रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३८ दशमलव ७५(वार्षिकीकरण) र प्रतिशेयर नेटवर्थ रू.१९० दशमलव ७१ रहेको छ ।  कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १ अर्ब ९७ करोड ३५ लाख ३० हजार सापटि लिएर,रू. १ अर्ब ५४ करोड ४२ लाख ४७ हजार निक्षेप संकलन गरेर रू. ४ अर्ब ४० करोड ४० लाख कर्जा लगानी गरेको छ ।   

सम्बन्धित सामग्री

खुद ब्याज आम्दानी घटे पनि किसान लघुवित्तको नाफा बढ्यो, यस्तो छ कारण

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ ।  अघिल्लो आवमा कम्पनीले रू. ११ लाख २६ हजार नाफा कमाएकोमा गत आवमा बढेर रू. १ अर्ब ३६ करोड पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १२ करोड २० लाख रहेकोमा गत आवमा रू. २ करोड ४७ लाखमा झरेको छ । इम्पेयरमेन्ट चार्ज घटेसँगै कम्पनीको सञ्चालन नाफा १४२ प्रतिशत वृद्धि भएको हो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा २९ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रू. ३६ करोड २२ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा घटेर रू. २५ करोड ७० लाखमा झरेको हो । कम्पनीको चुक्ता पूँजी रू. ५० करोड ४३ लाख छ । कम्पनीले जगेडामा रू. ११ करोड ३१ लाख र रिटेन्ड अर्निङमा रू. २ करोड १ लाख सञ्चिति गरेको हो । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. २ दशलमव ७०, तरलता अनुपात २ दशमलव ७३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ४२ छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ३१ लाख छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

तेस्रो त्रैमासमा फरवार्ड माइक्रोफाइनान्सको नाफा ९६.१३% बढ्यो

वैशाख २८, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ९६ दशमलव १३ प्रतिशत बढेको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको तुलनामा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।  उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. ३६ करोड १५ लाख रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. ७० करोड ९१ लाख पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा ८४ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. १ अर्ब ४ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ५६ करोड ८१ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ६४ दशमलव ४६ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा १ अर्ब ५ करोड रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा १ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३० दशमलव २९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २४ दशमलव ६३ प्रतिशत बढेको छ ।  कम्पनीको खराब कर्जा १ दशमलव ८६ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) १११ दशमलव ९७, मूल्य आम्दानी अनुपात १९ दशमलव ८७ गुणा छ भने प्रतिशेयर नेटवर्थ ३०५ दशमलव २२ छ ।  कम्पनीको सापटी १५ दशमलव ९५ प्रतिशत, निक्षेप संकलन १९ दशमलव १५ प्रतिशत र कर्जा प्रवाह ३० दशमलव ८० प्रतिशत बढेको छ । हाल कम्पनीको चुक्तापूँजी ८४ करोड ४४ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ३५ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीको चुक्तापूँजी ६२ करोड ५५ लाख रुपैयाँ थियो ।

सञ्चालन नाफामा वृद्धि हुँदा मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ३.९ गुणा वृद्धि

कात्तिक २३, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ९ गुणा अर्थात् २९७ प्रतिशत वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू. ३ करोड २३ लाख १५ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा रू. १२ करोड ८५ लाख ४१ हजार नाफा कमाएको छ ।  चालू आवको पहिलो त्रैमासमा रू. ४ करोड १९ लाख ५६ हजार खराब कर्जा उठाएको तथा ,खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएकाले कम्पनीको नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. १ अर्ब रहेको उक्त कम्पनीले जगेडामा रू. ९५ करोड ५८ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. १० अर्ब ८३ करोड १६ लाख सापटि लिएर,रू.२ अर्ब ६७ करोड ५४ लाख निक्षेप संकलन गरेर रू.१५ अर्ब २७ करोड ११ लाख कर्जा लगानी गरेको छ ।  सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५१ दशमलव ४२, मूल्य आम्दानी अनुपात रू.२७ दशमलव शून्य ३,तरलता अनुपात २ दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९५ दशमलव ५८ रहेको छ ।

एफपीओ निष्कासन गर्ने तयारीमा रहेको किसान लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

भदौ १, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा उल्लेख्य मात्रामा वृद्धि भएको हो ।  कम्पनीले अघिल्लो आवमा रू. ७६ लाख १३ हजार नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. १४ करोड ९० लाख ६६ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ३१३ प्रतिशत, सञ्चालन नाफा ९२९ प्रतिशत र रू. ६  करोड ४१ लाख ६४ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्नमा टेवा पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. ३९ करोड २८ लाख रहेको छ भने जगेडामा रू. २४ करोड २५ लाख ९२ हजार सञ्चित गरेको हो । कम्पनीले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्नका लागि असार २९ गते निवेदन दिएको हो ।  कम्पनीले प्रतिकित्ता रू. १२५ मा रू. १६ करोड २२ लाख ८२ हजार ४३६ दशमलव २५ बराबरको एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड २६ लाख पुग्नेछ । कम्पनीले सूचीकृत नभएका कम्पनीले गाभे पश्चात शेयर संरचना  मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेको हो ।  एनआरएन लघुवित्त वित्तीय संस्थाले दिव्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपश्चात एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो । पछि राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकोे नाम परिवर्तन भई किसान लघुवित्त वित्तीय संस्था रहेको हो ।  कम्पनीले निष्कासन गर्ने एफपीओलाई केयर रेटिङ नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ९५, मूल्य आम्दानी अनुपात ४५ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. १६१ दशमलव ७९ रहेको छ ।                                                              स्रोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण

महिला लघुवित्तको चौथो त्रैमाससम्मको नाफा ९ करोडभन्दा बढी

साउन २०, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ९ करोड २९ लाख ८२ हजार खुद नाफा गरेको छ ।  गत फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष १६७ दशमलव ८६ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीको यो नाफा रू. ३ करोड ४७ लाख १३ हजार थियो । गत वर्ष कम्पनीको सञ्चालन नाफा पनि १७७ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष रू. ३ करोड ८१ लाख ७६ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. १० करोड ६० लाख ८५ हजार यो नाफा गरेको हो ।  सम्भावित जोखिम शीर्षकमा अघिल्लो वर्षभन्दा १४६ दशमलव ३३ प्रतिशत बढी रू. १० करोड २२ हजार रकम छुट्याउदा पनि कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा उल्लेख्य वृद्धि भएको छ ।  गत वर्ष खराब कर्जा संकलनले पनि कम्पनीको नाफा बढ्न सहयोग मिलेको हो । अघिल्लो वर्ष रू. १ करोड ७० लाख २७ हजार खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष १४३ दशमलव ७७ प्रतिशत बढी रू. ४ करोड १५ लाख ६ हजार यो कर्जा उठाएको हो ।  जसका कारण कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्ष रू. १२ करोड ८२ लाख ८२ हजार भएकोमा गत वर्ष ८७ दशमलव ४६ प्रतिशत बढी रू. २४ करोड ४ लाख ८३ हजार भएको छ । आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी १० करोड पुगेको छ । गत वर्ष कम्पनीको जगेडा कोष रकम पनि ७२ दशमलव ७२ प्रतिशत वृद्धि भर्ई रू. २२ करोड ८ लाख ९६ हजार कायम भएको छ । कम्पनीले १२१ दशमलव ९४ प्रतिशत बढी रू. २ अर्ब २४ करोड ६८ लाख ७३ हजार कर्जा सापटी लिएर ९१ दशमलव ९६ प्रतिशत बढी रू. ३ अर्ब ३३ करोड ६७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको निक्षेप संकलन भने साढे ४० प्रतिशत बढी रू. ९२ करोड ८० लाख ९० हजार भएको छ ।  कम्पनीको निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य दशमलव ७८ प्रतिशत रहेकोमा गत वर्ष १ दशमलव ७१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष रू. ५७ दशमलव ८६ रहेको कम्पनीको प्रतिशेयर आम्दानी गत वर्ष रू. ९२ दशमलव ९८ छ ।