खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै समीट लघुवित्तको नाफा शतप्रतिशत बढ्यो

माघ १४, कामाडौं । समीट लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा शतप्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४ करोड २४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८ करोड ५० लाख पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा मिलेको हो । खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ दशमलव ५९ प्रतिशत र सञ्चालन नाफा १०२ दशमलव ३० प्रतिशत वृद्धि भएको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ४९ करोड ४० लाख रहेको छ भने जगेडामा रू. १९ करोड ३० लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३ अर्ब ४२ करोड सापटी लिएर रू. १ अर्ब २४ करोड निक्षेप संकलन गरेर रू.५ अर्ब ४७ करोड कर्जा लगानी गरेको हो ।  त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३४ दशमलव ४४(वार्षिक) मूल्य आम्दानी अनुपात ३८ दशमलव ६४ गुणा, तरलता अनुपात ३ दशमलव ९० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव शून्य ७ रहेको छ । 

सम्बन्धित सामग्री

चौथो त्रैमासमा समीट लघुवित्तको नाफा २०१ % ले वृद्धि

साउन १८, काठमाडौं ।  समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा नाफा २०१ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो आवमा रू. ३ करोड ९७ लाख १९ हजार नाफा कमाएको उक्त  कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू. ११ करोड ९८ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।  खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ७२ प्रतिशत र सञ्चालन नाफा २६२ प्रतिशतले वृद्धि भएको हो । चुक्तापूँजी रू. ३९ करोड ४३ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २१ करोड ७८ लाख सञ्चित गरेको छ ।   गत आवको चौथो त्रेमाससम्ममा कम्पनीले रू. २ अर्ब ८० करोड ४६ लाख सापटि लिएर, रू. १ अर्ब ५ करोड ६ लाख निक्षेप संकलन गरेर रू. ४ अर्ब २८ करोड २० लाख कर्जा लगानी गरेको छ ।  सो अवधिमा कम्पनीको निष्क्रिय कर्जा भने वृद्धि भएको छ । अघिल्लो आवमा निष्क्रिय कर्जा २ दशमलव ९० प्रतिशत रहेकोमा गत आवमा वृद्धि भएर ४ दशमलव ८८ प्रतिशत पुगेको हो । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ३० दशमलव ३८,मूल्य आम्दानी अनुपात ५५ दशमलव ७९ गुणा, तरलता अनुपात ११ दशमलव शून्य ३ प्रतिशत र प्रतिेशेयर नेटवर्थ रू. १५५ दशमलव २५ पुगेको हो ।