खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै रिलायन्स फाइनान्सको नाफा २२०% बढ्यो

माघ १८, काठमाडौं । रिलायन्स फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २२० प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ७७ लाख २८ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड ४७ लाख पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ९३ प्रतिशत र सञ्चालन नाफा २२० प्रतिशत वृद्धि भएको छ । कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ ।  गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ८६ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ दशमलव ४१ पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. ९१ करोड ५६ लाख रहेको छ भने जगेडामा रू. २० करोड १४ लाख, रिटेण्ड अर्निङमा रू. १७ करोड १७ लाख र शेयर प्रिमियममा रू. ११ लाख ४१ हजार सञ्चित गरेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको मूल्य आम्दानी अनुपात १०१ दशमलव ९८ र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ८८ रहेको छ । 

सम्बन्धित सामग्री