खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै साधना लघुवित्तको खुद नाफा २१% बढ्यो

वैशाख १३, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ दशमलव ६१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ७ करोड ५८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.९ करोड २२ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढेको हो । साथै चालू आवमा कम्पनीले रू. १ करोड ९० लाख खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले पनि नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३७ प्रतिशत र सञ्चालन नाफा ३५ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ३२ करोड १२ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १५ करोड २७ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ३ अर्ब ७८ करोड सापटि लिएर, रू. १ अर्ब २७ करोड निक्षेप संकलन गरेर रू. ५ अर्ब ४० करोड भन्दा बढी कर्जा लगानी गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३८ दशमलव २७ (वार्षिक), मूल्य आम्दानी अनुपात ३२ दशमलव १४ गुणा, तरलता अनुपात ५ दशमलव ६२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४७ दशमलव ५५ रहेको छ । 

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी २३.७८ प्रतिशत र सञ्चालन नाफा ०.२६ प्रतिशतले बढेको छ । यसको खराब कर्जा १.०४ प्रतिशतबाट ब

नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशतले  वृद्धि

गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत र सञ्चालन नाफा १३.९८ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ । यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा ११९.९६ प्रतिशतले बढोत्तरी गरेर ९ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।  यता, बैंकको खुद नाफामा सुधार भएपनि चुक्ता प

एनआईसी एशिया बैंकको नाफा ३८.८६ प्रतिशतले वृद्धि

एनआईसी एशिया बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अन्तसम्ममा ३८.८६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ कमाएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।यस्तै, सञ्चालन नाफा तर्फ