खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै आत्मनिर्भर लघुवित्तको नाफा ४२% बढ्यो

फागुन ५, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४२ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ३६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ करोड ७९ लाख पुगेको हो । चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको छ भने जगेडामा रू. १५ करोड २१ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २० करोड २ लाख सापटी लिएर, रू. ८२ करोड ५६ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ३७ करोड कर्जा लगानी गरेको हो ।  सो अवधिमा कम्पनीले रू. ९ लाख ५३ हजार खराब कर्जा संकलन गरेको छ । त्यसैगरी, कम्पनीको पूँजीकोष पर्याप्तता १३ दशमलव ५९ प्रतिशत, निष्क्रिय कर्जा ४ दशमलव १ प्रतिशत र पूँजी कोष लागत रू. ७ दशमलव ४३ प्रतिशत रहेको छ ।                                                                                स्रोत : कम्पनीको वित्तीय विवरण 

सम्बन्धित सामग्री