साउन २५, काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ८६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवको चौथो त्रैमासमा रू. ४ करोड ५ लाख खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवमा नाफा वृद्धि गर्दै रू. ७ करोड ५५ लाख २६ हजार कमाएको हो ।
गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशतले वृद्धि भएको छ ।
गत आवमा सम्ममा कम्पनीले रू. ४९ करोड १२ लाख सापटि लिएर, रू. २ अर्ब ७ करोड ६० लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ९७ करोड ८७ लाख २३ हजार कर्जा लगानी गरेको छ ।
कम्पनीको निष्क्रिय कर्जा अघिल्लो आवको तुलनामा गत आवमा वृद्धि भएको छ । कम्पनीको निष्क्रिय कर्जा अघिल्लो आवमा २ दशमलव ५५ प्रतिशत रहेकोमा गत आवमा वृद्धि भएर ७ दशमलव ४५ प्रतिशत पुगेको हो ।