खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै सिभिल लघुवित्तको नाफा २७९ % बढ्यो

वैशाख १६, काठमाडौं ।  सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. १ करोड २६ लाख ८५ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ करोड ८१ लाख ८५ हजार पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफामा वृद्धि भएको हो ।  अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९७ प्रतिशत र सञ्चालन नाफा २२९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ५७ लाख ६० हजार खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले पनि नाफामा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. २३ करोड ३९ लाख ३४ हजार रहेको कम्पनीले जगेडामा रू. ११ करोड २८ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्माम कम्पनीले रू. १ अर्ब २८ करोड ९६ लाख सापटि लिएर रू. ५७ करोड ४६ लाख ७५ हजार निक्षेप संकलन गरेर रू.२ अर्ब २१ करोड ६ लाख कर्जा लगानी गरेको छ । सो अवधि सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २७ दशमलव ४६, मूल्य आम्दानी अनुपात ७९ र प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव ७१ पुगेको छ ।  

सम्बन्धित सामग्री

बैंकको नाफामा ब्याज आम्दानीको हिस्सा घट्दै

बैंकहरूको नाफामा ब्याजबाट प्राप्त हुने आम्दानीको हिस्सा घट्न थालेको छ । ब्याजदरमा तीव्र प्रतिस्पर्धा भएसँगै बैंकहरू नाफा कमाउनका लागि अन्य व्यवसायमा लाग्न थालेको पाइएको छ ।चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकहरूको नाफा वृद्धि भए पनि मुख्य आम्दानीको स्रोत रहेको ब्याज आम्दानी भने घटेको छ । २०७६ चैतसम्ममा वाणिज्य बैंकहरूले ९८ अर्ब ८ करोड २१ लाख खुद […]