खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै धौलागिरी लघुवित्तको नाफा ९९ % बढ्यो

वैशाख २६, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ८२ लाख ६४ हजार खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. १ करोड ६४ लाख ६५ हजार नाफा कमाएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. ५४ लाख ५० हजार खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १७ प्रतिशत र सञ्चालन नाफा ५८ प्रतिशतले वृद्धि भएको थियो ।  चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडामा रू. ५ करोड १३ लाख ८२ हजार सञ्चित गरेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २९ करोड १६ लाख ७६ हजार सापटि लिएर, रू.५२ करोड २९ लाख ४३ हजार निक्षेप संकलन गरेर रू. ९९ करोड ५० लाख ८३ हजार कर्जा लगानी गरेको छ । कम्पनीले हालसम्म आईपीओ जारी गरेको छैन । कम्पनी आँधीखोला लघुवित्त वित्तीय संस्थासँग मर्जर हुने प्रक्रियामा रहेको छ ।  

सम्बन्धित सामग्री

बैंकको नाफामा ब्याज आम्दानीको हिस्सा घट्दै

बैंकहरूको नाफामा ब्याजबाट प्राप्त हुने आम्दानीको हिस्सा घट्न थालेको छ । ब्याजदरमा तीव्र प्रतिस्पर्धा भएसँगै बैंकहरू नाफा कमाउनका लागि अन्य व्यवसायमा लाग्न थालेको पाइएको छ ।चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकहरूको नाफा वृद्धि भए पनि मुख्य आम्दानीको स्रोत रहेको ब्याज आम्दानी भने घटेको छ । २०७६ चैतसम्ममा वाणिज्य बैंकहरूले ९८ अर्ब ८ करोड २१ लाख खुद […]