खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै साधना लघुवित्तको खुद नाफा २९७% बढ्यो

वैशाख १४, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ९ गुणा अर्थात् २९७ प्रतिशतले वृद्धि भएको छ ।   कम्पनीले गत आवको तस्रो त्रैमासमा रू. १ करोड ९० लाख खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७ करोड ५८ लाख पुगेको छ । चालू आवको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।  साथै, रू. २ करोड ६० लाखभन्दा बढी खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले पनि खुद नाफामा बढ्नमा टेवा पुगेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ११२ प्रतिशत र सञ्चालन नाफा ६८४ प्रतिशतले वृद्धि भएको हो ।  चुक्तापूँजी रू. २५ करोड ६९ लाख ८० हजार रहेको कम्पनीले जगेडा कोषमा रू. ९ करोड ४० लाख ९२ हजार जगेडा कोषमा सञ्चित गरेको छ ।  निष्क्रिय कर्जा गत अवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बढेको छ । गत आवमा निष्क्रिय कर्जा १ दशमलव ६७ प्रतिशत रहेकोमा चालू आवको वृद्धि भएर २ दशमलव ३३ प्रतिशत पुगेको छ ।  त्यसैगरी, प्रतिशेयर आम्दानी रू.३९ दशमलव ३३ (वार्षिक), मूल्य आम्दानी अनुपात ४१ दशमलव ६९ र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ६१ रहेको छ । हालसम्म कम्पनीले देशभरीमा ७६ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी २३.७८ प्रतिशत र सञ्चालन नाफा ०.२६ प्रतिशतले बढेको छ । यसको खराब कर्जा १.०४ प्रतिशतबाट ब

नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशतले  वृद्धि

गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत र सञ्चालन नाफा १३.९८ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ । यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा ११९.९६ प्रतिशतले बढोत्तरी गरेर ९ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।  यता, बैंकको खुद नाफामा सुधार भएपनि चुक्ता प

एनआईसी एशिया बैंकको नाफा ३८.८६ प्रतिशतले वृद्धि

एनआईसी एशिया बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अन्तसम्ममा ३८.८६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ कमाएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।यस्तै, सञ्चालन नाफा तर्फ