खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै सांग्रिला डेभलपमेण्टको नाफा ११८% बढ्यो

साउन ३१, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ११८ प्रतिशतले वृद्धि भएको हो ।  अघिल्लो आवमा कम्पनीले रू. १९ करोड १० लाख ९७ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ४१ करोड ६९ लाख ३० हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि बढेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ३३ रहेकोमा गत आवमा वृद्धि भएर रू. १५ दशमलव २३ पुगेको हो ।  त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा रू. २८ करोड ८३ लाख ९३ हजार रहेको छ । मूल्य आम्दानी अनुपात २७ दशमलव ८३ गुणा, तरलता अनुपात २४ दशमलव ३५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ८१ रहेको छ ।                                                    स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण