बुटवलमा रात्रीकालिन बजार संचालन गर्ने प्रस्ताव नगरसभाबाट पारित

नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरी निकासी नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने लगायतका प्रस्ताव पारित गरिएको छ।...

सम्बन्धित सामग्री

इन्भेष्टमेण्ट बैंकले ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले लगानीकर्तालाई ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। बिहीबार बसेको बैंकको आर्थिक वर्ष २०७८/०७९ को ३६ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। आर्थिक वर्ष २०७८/७९ मा बैंकले ६अर्ब२८करोड रुपैयाँ संचालन मुनाफा तथा ३अर्ब७९करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको चुक्ता पूँजी १९अर्ब३करोड रुपैयाँ पुगेको छ।

इन्भेष्टमेण्ट बैंकले ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने

नेपाल इन्भेष्टमेण्ट बैंकले लगानीकर्तालाई ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैंकको आर्थिक वर्ष २०७८–०७९ को ३६ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७८–७९ मा बैंकले ६ अर्ब २८ करोड रुपैयाँ संचालन मुनाफा तथा ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै,  बैंकको चुक्ता पूँजी १९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको निक्षेप १७९ अर्ब ४० करोड रहेकोमा  आर्थिक वर्ष २०७८&n

नेपाल वेयरहाउजिंङ कम्पनीको साधारणसभा सम्पन्न, आईपिओ निष्काशन प्रस्ताव पारित

नेपाल वेयरहाउजिंग कम्पनीको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले संस्थापकहरुबाट कूल पुजीको ८० प्रतिशत बराबर रु ५५ करोड पुजी पुर्याई २० प्रतिशत बाराबारको रु १३ करोड ७५ लाख सर्बसाधारणहरुका लागि यहि आर्थिक वर्ष भित्रमा जारी गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले साइलो प्रबिधिबाट मकै, गौ, भटमास लगायत ५५,००० मेट्रिक टन क्षमता बराबर भण्डारण सुबिधा, कृषी उपजहरुको बैज्ञानिक लिलाम ब्यबस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुबिधा तथा अनाज कन्टेनरको सेवा दिनेछ । कम्पनीले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलबस्तु जिल्लाको चन्द्रौटा शाखामा १५००० मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५००० मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ । तिनवटै पारियोजानाको अनुमानित लागत रु १ अरब ५० करोड छ, जसमा बाकी लगानी ५ वटा बैंकहरुबाट सहबित्तियकारणबाट जुटाएको छ । औरबानी शाखाको संचालन यहि महिनाबाट भण्डारण सुरुवात गर्ने योजना रहेको कम्पनीले जनाएको छ । साथै ६ महिना भित्र अन्य दुई परियोजना मार्फत सेवा प्रदान गर्ने लक्ष्य कम्पनीको छ । लगत्तै कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम बडाबडको सुरुवात गर्ने लक्ष्य समेत लिएको कम्पनीले जनाएको छ ।  कम्पनीको भारतको सबैभन्दा ठुलो भण्डारण सुबिधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यसले देशमा अन्न सुरक्षा बडाई देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने लक्ष लिईएको कम्पनीले उल्लेख गरेको छ  ।कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको कम्पनीले जनाएको छ ।

कांग्रेसले एमसीसीको पक्षमा देशभर अभियान संचालन गर्ने

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)को पक्षमा देशव्यापी अभियान संचालन गर्ने भएको छ । एमसीसीबारे भ्रम छर्ने कोशिष भएको भन्दै कांग्रेसले देशभर अभियान र संसदमा प्रस्ताव पारित गर्नको लागि पहल गर्ने समेत बताएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे पार्टीमा कुनै विवाद नरहेको र संसदमा लगेर पारित गर्न विशेष पहल गर्ने बताए । ‘एमसीसी पास गर्ने विषयमा पार्टीमा कुनै विवाद छैन । एमसीसीबारे देशमा भ्रम गर्ने कोशिष भएको ...

एशियन लाईफको लाभांश पारित, एशियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्ने

एशियन लाईफ इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभासम्पन्न भएको छ । संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको वार्षिक प्रतिवेदन साधारणसभाको बहुमतले अनुमोदन गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने र २ प्रतिशत नगद लाभांश (बोनश शेयरको कर प्रयोजनको लागी) वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखा परिक्षक एस ए आर एशोसियट्स, चार्टड एकाउन्टेन्ट सुनिल कुमार ढुंगेलको नियुक्ति र पारिश्रमिक अनुमोदन गरेको छ । एशियन लाईफ इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटलमा सामूहिक लगानी कोष संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिन र कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारण सभाकोे बहुमतबाट पारित भएको छ ।साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ । २०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ साल पौष मसान्त सम्ममा रु.३० अर्ब जीवन बीमा कोष र करिब रु. ३० अर्ब लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी कम्पनीले आ.व. २०७८/७९ को पौष मसान्तसम्ममा कूल रु. १ अर्ब ६ करोड २४ लाख प्रथम बीमाशुल्क र रु.३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।कम्पनीले ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, म्युचुअल फण्ड संचालन गर्ने प्रस्ताव

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनील माघ २१ गते शुक्रबार सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ११ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन त्तहा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :(क) सामान्य प्रस्ताव : १. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे । २. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ (NFRS बमोजिम) आषाढ मसान्त सम्मको वासलात,नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथी छलफल तथा पारित गर्ने बारे । ३. संचालक समितिबाट प्रस्तावित २ प्रतिशत नगद लाभांश (लाभांशको बोनस तथा नगद सहित) रु.४,०२,१५,२१४।५५ पारित गर्ने बारे । ४. आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षण समितिको सिफारीश बमोजिम बाह्य लेखा परिक्षक श्री एस ए आर एशोसियट्सको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने बारे । ५. यस कम्पनीको ५१% स्वामित्व रहेको एशियन क्यापिटल लि.मा सामूहिक लगानी कोष (Mutual fund) संचालन गर्न सम्बन्धित नियामकनिकायबाट स्वीकृती लिने तथा सो को कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने बारे । (ख) विशेष प्रस्ताव: ६. आर्थिक वर्ष २०७६/७७ सम्मको सचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजी रु.२,०१०,७६०,७२७/४० को २५ प्रतिशतका दरले हुने रु.५०,२६,९०,१८११८५ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने । ७. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने बारे । ८. विशेष प्रस्ताव अन्तर्गत नं.७ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा । ९. कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) अनुसारको खर्च रकमलाई अनुमोदन गर्ने बारे ।

मुक्तिनाथ क्यापिटलको लाभांश प्रस्ताव पारित

मुक्तिनाथ क्यापिटल Muktinath Bikas Bank Limited को १२औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । होटेल क्राउन  इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले १८ प्रतिशत  नगद लाभांश प्रस्ताव पारित गरेको छ । मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धीसेवाहरु प्रदान गर्दै आइरहेको छ ।कम्पनीले यस आर्थिक बर्षदेखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु समेत संचालन गर्ने योजना बनाएको छ । यसै आर्थिक बर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना पनि कम्पनीको छ ।