आईपिओको तयारीमा रहेको बिफिनले डाक्यो साधारणसभा, पीएचडीसम्मका कार्यक्रम संचालन गर्ने

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेड  (बिफिन) ले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले मङ्सिर १७ गते ठमेल स्थित होटेल अल्फ्टमा सभा आह्वान गरेको हो ।सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/७८ को वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी सम्पूर्ण अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने , कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीको लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाहृय लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ।त्यस्तै विशेष प्रस्ताव अन्तर्गत संस्थाको प्रबन्धपत्रको दफा ४(१) कम्पनीको उदेश्य अन्र्तगत खण्ड भण' मा स्वदेशी तथा विदेशी विश्वविद्यालय संग सम्बन्धन (Affiliation) प्राप्त गरी नियामक निकायबाट स्विकृती समेत लिई उच्च शिक्षा (PhD), स्नातकोत्तर (Masters) र Diploma /Certificate स्तरका शैक्षीक कार्यक्रमहरु संचालन, संयोजन तथा सहजीकरण गर्ने' भन्ने उदेश्य थप गर्ने सम्बन्धमा छलफल गरी अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै नियमनकारी निकायबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सो बमोजिमको आवश्यक संशोधन वा फेरवदल गर्न संचालक समिति वा तोकेको व्यक्तिलाई अख्तीयारी दिने प्रस्ताव पनि पेश हुने छ।कम्पनीले आईपिओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले सर्बसाधारणलाई १० प्रतिशत अर्थात ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । 

सम्बन्धित सामग्री

सरकार 'पढ्दै : कमाउँदै' कार्यक्रम सञ्चालन गर्ने तयारीमा अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले ‘पढ्दै : कमाउँदै’ कार्यक्रम संचालन गर्ने तयारी गरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको...