नेपाल वेयरहाउजिंङ कम्पनीको साधारणसभा सम्पन्न, आईपिओ निष्काशन प्रस्ताव पारित

नेपाल वेयरहाउजिंग कम्पनीको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले संस्थापकहरुबाट कूल पुजीको ८० प्रतिशत बराबर रु ५५ करोड पुजी पुर्याई २० प्रतिशत बाराबारको रु १३ करोड ७५ लाख सर्बसाधारणहरुका लागि यहि आर्थिक वर्ष भित्रमा जारी गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले साइलो प्रबिधिबाट मकै, गौ, भटमास लगायत ५५,००० मेट्रिक टन क्षमता बराबर भण्डारण सुबिधा, कृषी उपजहरुको बैज्ञानिक लिलाम ब्यबस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुबिधा तथा अनाज कन्टेनरको सेवा दिनेछ । कम्पनीले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलबस्तु जिल्लाको चन्द्रौटा शाखामा १५००० मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५००० मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ । तिनवटै पारियोजानाको अनुमानित लागत रु १ अरब ५० करोड छ, जसमा बाकी लगानी ५ वटा बैंकहरुबाट सहबित्तियकारणबाट जुटाएको छ । औरबानी शाखाको संचालन यहि महिनाबाट भण्डारण सुरुवात गर्ने योजना रहेको कम्पनीले जनाएको छ । साथै ६ महिना भित्र अन्य दुई परियोजना मार्फत सेवा प्रदान गर्ने लक्ष्य कम्पनीको छ । लगत्तै कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम बडाबडको सुरुवात गर्ने लक्ष्य समेत लिएको कम्पनीले जनाएको छ ।  कम्पनीको भारतको सबैभन्दा ठुलो भण्डारण सुबिधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यसले देशमा अन्न सुरक्षा बडाई देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने लक्ष लिईएको कम्पनीले उल्लेख गरेको छ  ।कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको कम्पनीले जनाएको छ । 

सम्बन्धित सामग्री

हाथवे इन्भेष्टमेन्टको साधारणसभा आह्वान, १० प्रतिशत लाभांश प्रस्ताव

शेयर बजारमा लगानी गरिरहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले असोज २८ गते लैनचौर स्थित होटेल एम्बासडरमा सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीको संचालक समितिले  चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ। त्यस्तै सभामा सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत चौधौं वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८/७९ साल आषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त आ.व. २०७८/७९ को आयव्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। विशेष प्रस्ताव अन्तर्गत कम्पनीले खरिद तथा लगानी गरेको रकम अनुमोदन गर्ने प्रस्ताव रहेको छ । कम्पनीले सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको साधारणसभा आह्वान, आईपिओमा जाने तयारी

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज २९ गते शनिवार आफ्नै रजिस्टर्ड कार्यालयमा एकसाथ आर्थिक वर्ष ७६/७७ र ७७/७८ को सभा आह्वान गरेको हो  । सभामा आ.व. ०७६/७७ र आ.व.०७७/७८ अवधिको सञ्चालक समितिको प्रतिवेदन उपर छलफल तथा पारित गर्ने, आ.व. ०७६/७७ र आ.व.०७७/७८ अवधिको वार्षिक आर्थिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सानी हिसाब, नगद प्रवाह विवरण समेत उपर छलफल तथा अनुमोदन गर्ने, कम्पनी ऐन २०६३ को दफा ७८ को प्रतिवेदन समेत उपर छलफल तथा अनुमोदन गर्ने, र कम्पनीको प्रवन्ध पत्र तथा नियमावली संशोधन (नयाँ ढाँचामा लैजाने समेत) प्रस्ताव पेश हुने छ । सरकारी निकायमात्र शेयर सदस्य रहेको कम्पनीले आफ्नो शेयर संरचनामा सुधार र परिमार्जन गरी पूँजी वृद्धिका लागी सार्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारी समेत गरेको छ । उक्त कम्पनीमा हाल नेपाल सरकारका साथै नेपाल औषधि लिमिटेड, वन पैदावर विकास समिति र कृषि विकास बैंक शेयर सदस्यका रूपमा रहेका छन् ।

अपर तामाकोशीको साधारणसभा आज, यस्ता छन् हकप्रद निष्काशन सहितका १० प्रस्ताव

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले आज भदौ ३ गते साधारणसभा गर्दै छ। कम्पनीले शुक्रबार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा  सभा आह्वान गरेको हो । सभामा हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव [पेश हुने छन् । कम्पनीको संचालक समितिको असार ३० गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।  कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।यस्ता छन् सभामा पेश हुने प्रस्ताव: सामान्य प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने ।२. लेखापरीक्षणको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानहिसाव र नगद प्रवाह सहितको आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने ।३. लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधानअनुरुप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावपारित गर्ने ।४. कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समूह-'ख' अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जनामहिला सहित ४ जना सञ्चालकहरूको निर्वाचन/मनोनयन वा नियुक्त गर्ने ।५. विविध ।विशेष प्रस्ताव१. कम्पनीको पूँजि बृद्धिको लागि प्रबन्धपत्रमा संशोधन गर्ने र विद्यमान चुक्ता पूँजिको आधारमा १:१ को अनुपातमा हकप्रद शेयर जारी गरी पूँजि संकलन गर्नेसम्बन्धमा।२. प्रबन्धपत्रमा प्रस्तावित संशोधनहरूमा नियमन निकायहरूको निर्देशनमा परिमार्जन, हेरफेर तथा थपघट गर्न आवश्यक हुने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।३. आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसारआ.व.२०७७/७८ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने सम्बन्धमा ।४. सञ्चालक समितिको बैठक भत्ता सम्बन्धमा ।५. विविध ।

राधी विद्युतको साधारणसभा आह्वान, छैन लाभांश प्रस्ताव

राधी विद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को आह्वान गरेको हो । कम्पनीले साउन ३० गते सोमबार सभा गर्न लागेको हो । कम्पनीले साधारणसभाको लागि साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । कम्पनीको सभामा संचालक समितिको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।कम्पनीले हकप्रद निष्काशनको पनि तयारी गरिरहेको छ । कम्पनीले हकप्रद निष्कासन अनुमै माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो ।   कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरिसकेको छ। आयोगले आयोगले तोकेका शर्त पालना हुने गरि हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।

आईएमई लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पारित हुने

आईएमई लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १४ गते बुधबार लाजिम्पाट स्थित होटेल र्याडिसनमा सभा आह्वान गरेको हो ।सभामा आईपिओ निष्काशन गर्ने सहिका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनको तयारी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ भने कम्पनीको अधिकृत चुक्ता पुंजी ३ अर्ब रहेको छ  ।  आईपिओ निष्काशनकोपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्ने छ भने  संस्थापक साधारण शेयर अनुपात ७०:३० कायम हुने छ  । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : (क) सामान्य प्रस्तावहरु : (१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिबेदन पारित गर्ने । (२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा NFRS प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा। (३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (४) सञ्चालक समितिको बैठक भत्ता तथा सुविधाका सम्बन्धमा। (५) सञ्चालक समितिको निर्वाचनका सम्बन्धमा। (ख) विशेष प्रस्ताबहरु : (१) सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने सम्बन्धमा। (२) आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न/गाभिन वा प्राप्ती गर्न आवश्यक भएको अवस्थामा गाभ्न/गाभिन वा प्राप्ती गर्ने (Merger and Acquisition) सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गर्ने। (३) संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने । (४) कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान/आर्थिक सहायता वापतको रकम रु.७,५०,०००। (अक्षेरुपी सात लाख पचास हजार मात्र) कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम अनुमोदन गर्न सम्बन्धमा।(ग) विविध

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान , आईपिओ निष्काशन प्रस्ताव पेश हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ।कम्पा नीले चैत्र ११ गते काठमाडौँको ठमेल स्थित अलोफ्ट होटेलमा सभा आह्वान गरेको हो ।सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्तवा पेश हुने छन् । कम्पनीले हालसम्म आईपिओ निष्काशन गरेको छैन । कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ताको शेयर निष्काशन गर्ने तयारी गरेको छ । अधिकृत पुँजी ३०० करोड रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १७५ करोड चुक्ता भइसकेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५० करोड पुग्ने छ । कम्पनीले शेयर निष्काशनको लागि एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरिसकेको छ ।यस्ता छन् कम्पनीको सभामा पेश प्रस्ताव: सामान्य प्रस्तावः १. अध्यक्षज्यूको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे। २. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने बारे । ३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बारे । ४. सञ्चालक समितिको बैठक भत्ता तथा सुविधा बारे।५. सर्वसाधारण शेयर सार्वजनिक निष्कासन गर्ने बारे। (ख) विशेष प्रस्तावः १. कम्पनीको नियमावलीको नियम २७, २९ र ३१ मा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समावेश गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने बारे । २. कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित Corona Relief and Prevention Fund मा कम्पनीका तर्फबाट गरिएको योग्दान/आर्थिक सहायता वापतको रकम रु. ७५००००/ (अक्षेरुपी सात लाख पचास हजार मात्र) कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम अनुमोदन गर्ने बारे। (ग) विविध।

मुक्तिनाथ क्यापिटलको लाभांश प्रस्ताव पारित

मुक्तिनाथ क्यापिटल Muktinath Bikas Bank Limited को १२औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । होटेल क्राउन  इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले १८ प्रतिशत  नगद लाभांश प्रस्ताव पारित गरेको छ । मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धीसेवाहरु प्रदान गर्दै आइरहेको छ ।कम्पनीले यस आर्थिक बर्षदेखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु समेत संचालन गर्ने योजना बनाएको छ । यसै आर्थिक बर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना पनि कम्पनीको छ ।