एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, म्युचुअल फण्ड संचालन गर्ने प्रस्ताव

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनील माघ २१ गते शुक्रबार सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ११ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन त्तहा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :(क) सामान्य प्रस्ताव : १. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे । २. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ (NFRS बमोजिम) आषाढ मसान्त सम्मको वासलात,नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथी छलफल तथा पारित गर्ने बारे । ३. संचालक समितिबाट प्रस्तावित २ प्रतिशत नगद लाभांश (लाभांशको बोनस तथा नगद सहित) रु.४,०२,१५,२१४।५५ पारित गर्ने बारे । ४. आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षण समितिको सिफारीश बमोजिम बाह्य लेखा परिक्षक श्री एस ए आर एशोसियट्सको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने बारे । ५. यस कम्पनीको ५१% स्वामित्व रहेको एशियन क्यापिटल लि.मा सामूहिक लगानी कोष (Mutual fund) संचालन गर्न सम्बन्धित नियामकनिकायबाट स्वीकृती लिने तथा सो को कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने बारे । (ख) विशेष प्रस्ताव: ६. आर्थिक वर्ष २०७६/७७ सम्मको सचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजी रु.२,०१०,७६०,७२७/४० को २५ प्रतिशतका दरले हुने रु.५०,२६,९०,१८११८५ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने । ७. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने बारे । ८. विशेष प्रस्ताव अन्तर्गत नं.७ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा । ९. कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) अनुसारको खर्च रकमलाई अनुमोदन गर्ने बारे । 

सम्बन्धित सामग्री

बुक विल्डिङ्ग आईपिओ: योग्य संस्थागत लगानीकर्ताको संख्या ११६ पुग्यो

बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप ७ संस्थाले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले असार २२ मा थप ७ संस्थालाई स्वीकृति दिएको हो ।यसै संगै यस्तो स्वीकृति पाउनेको संख्या ११६ पुगेका छन् । यस अघि बोर्डले  एक साथ ४६ , त्यसपछि दोस्रो चरणमा थप १८ , तेस्रो चरणमा थप ७ , चौथो चरणमा थप ९ , पाचौ चरणमा थप ५ , छैठौ चरणमा थप २ , सातौ चरणमा थप ८ ,  आठौ चरणमा थप ५ , नवौ चरणमा थप ६  संस्था, १० औ चरणमा ३ र अहिले ११ औ चरणमा थप ६ संस्थालाई स्वीकृति दिएसंगै यस्तो स्वीकृति पाउनेको संख्या ११६ पुगेको हो ।पछिल्लो समय स्वीकृति पाउनेमा एशियन लाइफ इन्स्योरेन्स, मेगा म्युचुअल फण्ड, एनआइसी एसिया सेलेक्ट ५०, सनराइज फर्स्ट म्युचुअल फण्ड, एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड, सनराइज ब्लुचिप फण्ड, र नबिल बैंक रहेका छन् ।बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ। संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन । हाल सर्वोत्तम सिमेन्ट  र रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशनको तयारी गरिरहेका छन् । दुवै कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम अर्थात् रोड शोको लागि मिति तय गरेका छन् । दुवै कम्पनीले आईपिओको लागि भ्यालुएसन् मूल्य तय गरिसकेका छन् ।  योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत संस्थाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नु होला ।यो पनि : बुक विल्डिङ आईपिओ: सर्वोत्तम सिमेन्टको भन्दा रिलायन्स स्पिनिङ्ग मिल्सको मूल्य बढी