मर्जर प्रस्ताव पारित गर्न मिर्मिरे र बुद्धज्योती लघुवित्तको विशेष साधारणसभा आह्वान

गाभ्ने गाभिने प्रस्ताव पारित गर्न मिर्मिरे लघुवित्त र बुद्धज्योती लघुवित्तले विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले असार ३१ गते शुक्रबार आ-आफ्नै केन्द्रीय कार्यालयमा विशेष साधारणसभा गर्न लागेका हुन् ।विशेष साधारणसभामा मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्त गर्ने, डिडिएको आधारमा तयार पारिएको स्वाप रेसियो पारित गर्ने, संयुक्त मर्जर समितिको काम कारवाही खर्च र प्रतिवेदन अनुमोदन गर्ने, मर्जर पश्चात संस्थापक र साधरण शेयरधनीको अनुपात मिलाउन एफपिओ जारी गर्न , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने,  थप कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन्।मिर्मिरे लघुवित्तले विशेष साधारणसभा प्रयोजनको लागि असार २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असर २३ गतेसम्म कायम शेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्ने छन् । बुद्धज्योती भने नेप्सेमा सुचिकृत छैन  । दुवै संस्थाले २०७८ फागुन २७ गते मर्जर तथा प्राप्तिमा  जाने सम्झौता गरेका थिए । मिर्मिरे लघुबित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ भने बुद्धज्योतिको केन्द्रीय कार्यालय रुपन्देहीको लुम्बीनी सांस्कृतिक नगरपालिकामा रहेको छ। सातै प्रदेशमा प्रादेशिक कार्यालय तथा उप प्रादेशिक कार्यालयहरुको संरचना सहित कार्य संचालन गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त र नागबेली लघुवित्त लाई प्राप्ती गरिसकेको छ ।