एशियन लाईफको लाभांश पारित, एशियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्ने

एशियन लाईफ इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभासम्पन्न भएको छ । संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको वार्षिक प्रतिवेदन साधारणसभाको बहुमतले अनुमोदन गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने र २ प्रतिशत नगद लाभांश (बोनश शेयरको कर प्रयोजनको लागी) वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखा परिक्षक एस ए आर एशोसियट्स, चार्टड एकाउन्टेन्ट सुनिल कुमार ढुंगेलको नियुक्ति र पारिश्रमिक अनुमोदन गरेको छ । एशियन लाईफ इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटलमा सामूहिक लगानी कोष संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिन र कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारण सभाकोे बहुमतबाट पारित भएको छ ।साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ । २०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ साल पौष मसान्त सम्ममा रु.३० अर्ब जीवन बीमा कोष र करिब रु. ३० अर्ब लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी कम्पनीले आ.व. २०७८/७९ को पौष मसान्तसम्ममा कूल रु. १ अर्ब ६ करोड २४ लाख प्रथम बीमाशुल्क र रु.३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।कम्पनीले ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

सम्बन्धित सामग्री

मुक्तिनाथ क्यापिटलको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले प्रस्तावित १८ प्रतिशत  नगद लाभांश पारित गरेको छ । कम्पनीले हाल निष्कासन तथा बिक्री प्रबन्धक, शेयर रजिस्ट्रेसन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्तासम्बन्धी सेवा दिँदै आएको छ । यस आर्थिक वर्षदेखि संस्थागत परामर्शदाताअन्तर्गतका सेवासमेत सञ्चालन गर्ने योजना रहेको कम्पनीले बताएको छ । त्यसैगरी यसै आर्थिक वर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामूहिक लगानी कोष सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।