मुक्तिनाथ क्यापिटलको लाभांश प्रस्ताव पारित

मुक्तिनाथ क्यापिटल Muktinath Bikas Bank Limited को १२औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । होटेल क्राउन  इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले १८ प्रतिशत  नगद लाभांश प्रस्ताव पारित गरेको छ । मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धीसेवाहरु प्रदान गर्दै आइरहेको छ ।कम्पनीले यस आर्थिक बर्षदेखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु समेत संचालन गर्ने योजना बनाएको छ । यसै आर्थिक बर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना पनि कम्पनीको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स क्यापिटलको १२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

सिटिजन्स क्यापिटल लिमिटेड (साविकको सिबिआइएल क्यापिटल लिमिटेड)को १७औं वाषर््िाक साधारण सभा सम्पन्न भएको छ। ललितपुरको झम्सिखेलस्थित द लअनमा गत शुक्रबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट १२ प्रतिशत नगद...

सानिमा क्यापिटलको १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सानिमा क्यापिटलले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले असोज २३ गते साधारणसभा आह्वान गरेको छ ।  साधारणसभामा लाभांशका साथै अन्य प्रस्तावहरू पनि पेश हुने छन् । साधारणसभामा वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने लगायतका विविध प्रस्तावहरू पनि पेश हुने कम्पनीले जानकारी दिएको छ ।

प्रभु क्यापिटलको साधारण सभा असोज १९ मा, ६.३२ % लाभांश प्रस्ताव

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले १५औं वार्षिक साधारण सभा असोज १९ गते बोलाएको छ । भदौ २५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले अरण्य बुटिक होटल एण्ड रेष्टुरेन्ट, नागपोखरी मार्ग, काठमाडौंमा उक्त दिन दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्नुका साथै गत वर्षको मुनाफाबाट करसमेत ६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । सभाका लागि तय भएको विशेष प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सोको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने विषय छ ।

एनआईसी एशिया क्यापिटलको साधारण सभा आह्वान, ४६ % लाभांश प्रस्ताव गरिने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन ९ गते बसेको क्यापिटलको सञ्चालक समिति बैठकले क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा उक्त दिन बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत ४६ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत सभाले पारित गर्ने कार्यक्रम तय भएको छ । क्यापिटलले यस वर्ष नगद लाभांशका लागि ९ करोड २० लाख रकम छुट्याएको छ । यसका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय समेत सभाले पारित गर्नेछ ।

बिओके क्यापिटलको ५.७९ प्रतिशत लाभांश प्रस्ताव

बिओके क्यापिटल मार्केटको सातौ साधारणसभा सम्पन्न भएको छ ।उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चित मुनाफाबाट कर प्रयोजनसहित ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।त्यस्तै, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षणका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ ।

एनआईसी एशिया क्यापिटलद्वारा ५५ प्रतिशत लाभांश प्रस्ताव, साधारणसभा आह्वान

एनआईसी एशिया क्यापिटलले छैठौं वार्षिक साधारण सभा आव्हान गरेको छ। क्यापिटलको साउन १५ गते बसेको संचालक समितिको बैठकले भाद्र ८ गते सभा गर्ने निर्णय गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  गरेको छ ।उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ११,००,००,००० (अक्षरेपी एघार करोड मात्र) नगद लाभांश वितरण गर्न प्रस्ताव सभामा  पेश हुने क्यापिटलले जनाएको छ ।

सनराइज क्यापिटलको साधारणसभा आह्वान, ४० प्रतिशत लाभांश प्रस्ताव

सनराइज क्यापिटल Sunrise Capital ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १२ गते कमलपोखरी  स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो। कम्पनीको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी भएकोले बैंकले यो लाभांश पाउने छ । त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  ।

बिओके क्यापिटलको साधारण सभा असोज २० गते, १८% लाभांश प्रस्ताव

भदौ २९, काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले असोज २० गते छैठौ वार्षिक साधारण सभा बोलाएको छ ।  क्यापिटलको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै १८ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ । क्यापिटलले आफ्नो चुक्तापूँजी रू. २१ करोडको आधारमा कर समेत रू. ३ करोड ७८ लाख बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।  यसका साथै चालू आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण र कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तनको विषयलाई पनि अनुमोदन गर्ने कार्यक्रम सभाका लागि तय भएको छ ।