इन्भेष्टमेण्ट बैंकले ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले लगानीकर्तालाई ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। बिहीबार बसेको बैंकको आर्थिक वर्ष २०७८/०७९ को ३६ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। आर्थिक वर्ष २०७८/७९ मा बैंकले ६अर्ब२८करोड रुपैयाँ संचालन मुनाफा तथा ३अर्ब७९करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको चुक्ता पूँजी १९अर्ब३करोड रुपैयाँ पुगेको छ।

सम्बन्धित सामग्री

नेसनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने

२३ माघ, काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कुल १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । लाभांशमा ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश दिइने कम्पनीले जनाएको छ । […]

सोल्टी होटलले २६.१३५ प्रतिशत लाभांश दिने

काठमाडौँ – सोल्टी होटलले २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोल्टीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो । होटलले लाभांश प्रस्तावसहित २८ पुसमा वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । […]

सगरमाथा इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने

सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनी सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बिमा समितिले पनि स्वीकृति गरिसकेको छ । अब यो प्रस्ताव २८ वैशाखमा […]

सिभिल बैंकले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने

सिभिल बैंकले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत  नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

आरएमडीसी लघुवित्तले२५ प्रतिशत लाभांश दिने

आरएमडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागिसमेत गरी ५ प्रतिशत नगद लाभांश वितरण […]

सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...

नबिलले ३८ प्रतिशत लाभांश दिने

नबिल बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...

आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांश दिने

३१ असोज, काठमाडौं । आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । दशैंको बिचमा बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको मूनाबाट शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीका अनुसार १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ । बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता […]