वामदेव गौतमसँग छुटेर समाजवादी केन्द्र गठन गरेका युवराज सफलले आफ्नो समूहलाई पाँच दलीय गठबन्धनमा राख्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । सफलको टोलीले प्रधानमन्त्री देउवा तथा काँग्रेस नेता रामचन्द्र पौडेललाई छुट्टाछुट्टै भेटेर यस्तो आग्रह गरेका हुन् ।सफलले मंगलबार विज्ञप्ति जारी गर्दै देउवा र पौडेलसँगको भेटमा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी भई आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गठबन्धनसँग लड्ने विषयमा छलफल भएको बताएका हुन् ।नेताहरुसँगको भेटम