नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने बताएका छन् । गठबन्धनले समन्वय समिति गठन गरी सहकार्यलाई अघि बढाइसकेको भन्दै उनले पाँच दलीय गठबन्धन दिगो हुने बताए ।बुधबार कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले जनताको अधिकार बिना माओवादी केन्द्रले संघर्ष गर्न नछोड्ने बताए । सहिद परिवार, बेपत्ता भएकाको परिवार, मजदुर, जनयुद्धका घाइते, अपाङ्ग, जनयुद्ध र जनआन्दोलनमा सहयोग गर्ने मजदुर तथा किसानको अधिकारका लागि मा