आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ । नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए ।आइतबार र सोमबार दुईदिन काठमाडौंमा बसेको गठबन्धनको बैठकमा बागमती प्रदेशका काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत सम