रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष मिलन केसी ‘शिवराम’माथी घरेलु हिंसा गरेको आरोप लागेको छ । गएराति उनले पत्नी मेनुका केसी धिमाललाई मरणासन्न हुनेगरी कुटेका हुन् । नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित शिवरामले यसअघि पनि पत्नीमाथि हिंसा गर्ने गरेको आरोप छ । यसअघि प्रहरी कार्यालयमा छलफल गरेर मिलापत्र हुँदै आएको थियो । शिवरामको कुटाइबाट पत्नी मेनुका घाइते भएकी छिन् । मेनुकालाई एम्बुलेन्सबाट काठमाडौं ल्याइएको उनकी नातेदार पार्वती खड्काले रातोपाटीलाई बताइन्