एजेन्सी। भारतीय गायक हनी सिंह विरुद्ध उनकी श्रीमती शालिनी तलवारले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दायर गरेकी छन्। सिंहले आफू माथि शारीरिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, मानसिक उत्पीडन र आर्थिक हिंसा गरेको आरोप लगाउँदै शालिनीले मुद्दा दायर गरेकी हुन्। यस सम्बन्धमा अदालतले हनी सिंहलाई २७ अगस्ट अगावै श्रीमतीले लगाएको आरोपमा विषयमा जवाफ दिन भनेको छ।