काठमाडौं : महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरु पछिल्लो समय बढ्दै आएको देखिएको छ।
प्रहरी तथ्यांकअनुसार प्रत्येक वर्ष महिला तथा बालबालिकामाथि हुने जबर्जस्ती करणी, बोक्सीको आरोप, बालयौन दुर्व्यवहार, बालविवाह, घरेलु हिंसा लगायतका अपराधहरू बढ्न थालेको हो। महिलामाथि धेरैजसो बोक्सीको आरोप, अप्राकृतिक मैथुन, बालविवाह, घरेलु हिंसा लगायतका घटना बढेको देखिएको छ।…