२०४८ सालतिर बारा जिल्लाको फत्तेपुरमा थारु साहित्यको बृहत् सम्मेलन भएको थियो । रामसागर चौधरीजीसँग मेरो पहिलो भेट सोही कार्यक्रममा भएको जस्तो लाग्छ । कार्यक्रममा मेरो कथा पहिलो हुँदा उहाँको ‘भिख्नाके नागरिकता’ शीर्षकको कथा शायद तेस्रो भएको जस्तो लाग्छ । उहाँको टिमले प्रकाशित गरेको थारु भाषाको ‘हौली’ पत्रिका मैले अझै पनि सँगालेर राखेको छु । त्यस कार्यक्रमपछि उहाँसँग भेट हुन छाड्यो ।म विद्यार्थीसँग टेलिफोन थिएन । उहाँ कर्मचारी मान्छे पुरै नेपाल चक्कर लगाउँदै ठिक्क थियो । मोबा