पुस्तक चर्चा : तरङ्गित विद्रोही चेत

दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छसत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छहजारौं जनताको आहुतिको खै क्षमा याचना ! सम्बोधन ?तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ झट्ट सुन्दा यी पङ्क्ति राजनैतिक आक्रोशको जोशिलो अभिव्यक्तिजस्तो देखिन्छ । सडकमा उभिएर कुनै आक्रोशित युवाले लगाएको नाराजस्तो भान पनि पर्छ । तर पढेर मनन गरेपछि यी पङ्क्तिले पाठक र स्रोतालाई एकछिन गम्भीर बनाउँछन्, सोचमग्न बनाउँछन् । पाठकको मनमा कुतूहल र जिज्ञासा जगाउँछन् । यी पङ्क्तिमा विपन्न, असहाय र निम