‘देउबहादुर दुरा ठाडो भाकाका लोकनायक’ कृति यमबहादुर दुराले तयार पारेका छन् । उनले इतिहासबाट लोप हुन लागेका लोकसाहित्य सर्जकका बारेमा खोज अनुसन्धान गरी तयार पारेको यो कृतिले देउबहादुर दुराको मात्र होइन, गण्डकी क्षेत्रमा प्रसिद्ध ठाडी भाकाको बारेमा पनि यथेष्ट जानकारी दिन्छ । यो कृतिमा मुख्यतः देउबहादुर दुराको जीवनी र लोकसाहित्य जागरणमा उनले खेलेको भूमिकालाई मिहिन रूपले केलाइएको छ । गण्डकीमा प्रसिद्ध लोकगीत ठाडो भाकाका गायक देउबहादुर दुराको जीवन वृत्तान्त भएकाले लोकोक्ति र लोकगीतमा