बालबालिकालाई लक्षित गरी लेखिएको सरिता परियारको बालकथा संग्रह ‘उत्सुकता’ले जो कोहीको झन् उत्सुकता बढाई दिन्छ कि यो कस्तो विषयको पुस्तक होला भनेर । यो चित्रमय किताब बालबालिका लागि मात्र नभई हरेक उमेर र वर्गका लागि पनि ज्ञानवद्र्धक र प्रेरणादायी पुस्तक हुन सक्छ ।म आफै पनि हामीजस्ता दलितको भोगाइको कथा विद्यालयमा किन पढाइ हुँदैन भनेर सोच्थें । दलित बालबालिकाले आफै विभेद भोग्दा हाम्रो कुरा बुझ्ने शिक्षक शिक्षिका नभएका बेला कसरी कुरा राख्छन् भनेर सोच्थें । मैले पढेकी थिएँ– नेपाली समाज