सल्यान : सल्यानबाट गत आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न १० प्रजातिका २३ किलोग्रामभन्दा धेरै जडीबुटी निकासी भएको छ।जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वन, पाखोबाट संकलन गरिएका २३ लाख ११ हजार ९ सय ५० किलो जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। जिल्लाबाट राष्ट्रिय वनतर्फ टिमुर ८८ हजार किलो, रिठ्ठा दुई लाख ३२ हजार ५०० किलो, तेजपात ६८ हजार ५५२, घोडेताप्रे ५०० , बज्रदन्ती २०५, अमला एक हजार किलो, चुत्राको बोक्रा २५ हजार किलो, पाखनभेद ३२ किलो, काउलोको बोक्र