रुकुम (पूर्व) : रुकुम पश्चिमबाट एक वर्षमा झण्डै ४६ हजार किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको छ। बितेको आर्थिक वर्ष ०७८/७९ जिल्लाबाट विभिन्न २६ प्रजातिका जडीबुटी निकासी भएको हो। १ वर्षमा ४५ हजार ९ सय १२ केजी जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्लाभरमा विभिन्न २६ प्रजातिका ५७ हजार ६ सय ७२ किलो जडीबुटी सङ्कलन भए पनि असार मसान्तसम्म ४५ हजार ९ सय १२ किलोको छुटपुर्जी काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी जीवराज महतले जानकारी दिए।उनका अनुसार सङ्कलन भएकोमध्