रुकुम (पूर्व) : गत आर्थिक वर्षमा रुकुमपूर्वबाट एक लाख ११ हजार किलो बढी जडीबुटी निकासी भएको छ। जिल्लाबाट एक लाख ११ हजार पाँच सय ३१ किलो जडीबुटी निकासी भएको हो।जिल्लाबाट सबैभन्दा बढी पाषणवेद २१ हजार २ सय किलो निकासी भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सूर्यप्रसाद मैनालीले जानकारी दिए।यसैगरी, पदमचाल १९ हजार ४ सय किलो, सेतकचिनी १७ हजार १ सय ३५ किलो, जट्टामसी ८ हजार किलो निकासी भएको छ। यस्तै, अल्लो ७ हजार ३ सय ५० किलो, कटुकी ७ हजार २ सय किलो, सिस्नोको जरा ४ हजार एक सय किलो निकासी भएको छ।यस्तै,