दाेलखा : गत आर्थिक वर्ष २०७८/७९ मा दोलखा जिल्लाबाट ८० हजार किलोभन्दा बढी विभिन्न प्रजातिका जडीबुटी निकासी भएको छ।गत आवमा जिल्लाको सामुदायिक वन र निजी वन क्षेत्रबाट ८० हजार सात सय ४४ किलो विभिन्न प्रजातिका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत थिरबहादुर कार्कीले बताए।हिमाली जिल्ला दोलखाबाट मजितो, चिराइतो, लोक्ता, धसिङ्गरेजस्ता विभिन्न प्रजातिका जडीबुटी सङ्कलन गरी निकासी गर्ने गरिन्छ। वन कार्यालय प्रमुख कार्कीका अनुसार एक वर्षको अवधिमा सामुदायिक वनबाट ११ हजार दुई सय ३७