दाङबाट एक वर्षमा करिब साढे चार लाख किलो जडीबुटी निकासी भएको छ । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार नौ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको छ । जिल्लाबाट चार हजार तीन सय ८९ दशमलव पाँच क्विन्टल जडीबुटी निकासी हुँदा धेरै टिमुर निकासी भएको छ । राष्ट्रिय वनबाट २९ हजार पाँच सय ५० किलो र निजी वनबाट दुई लाख १२ हजार एक सय ९२ किलो गरी जम्मा दुई लाख ४१ हजार सात सय ४२ किलो टिमुर निकासी भएको डिभिजन वन कार्यालय घोराह