एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आठौं वार्षिक साधारणसभाले बेलायतलाई कर्मथलो बनाएका सफल व्यवसायी कुल आचार्य तथा अफ्रिकी मुलुक नाइजेरियालाई कर्म थलो बनाएका लगानीकर्ता तथा वरिष्ठ प्रवन्धक हिक्मत थापालाई संचालक समिति सदस्य पदमा सर्वसम्मतरूपमा चयन गरेको छ।