विश्व सम्मेलनको नाममा करौँडो खर्चिँदै आएको गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) ले यसपटक परम्परा सच्याएको छ । प्रत्येक दुई वर्षमा हुँदै आएको विश्व सम्मेलन नेपालको तारे होटलमा हुँदै आएको थियो । सम्मेलनका क्रममा होटलमा विवाद, होहल्ला र तोडफोडको घटनासमेत बाहिरिने गरेका थिए । २०७६ असोजमा भएको विश्व सम्मेलनका क्रममा प्रतिनिधिले होटल हायातको फर्निचर नै तोडफोड भएपछि एनआरएनएको चर्को आलोचना भएको थियो ।राजनीतिक पार्टीको आशीर्वादमा कुल आचार्य र कुमार पन्त प्यानल बनाएर चुनाव लडेको र मतदान प्रक्रियामा ढिलाइ गरेर ध