एनआरएन प्रतिनिधि मण्डल र प्रचण्डबीच नागरिकता विधेयकबारे छलफल

गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको निवास खुमलटारमा गई भेटघाट गरेको छ । प्रतिनिधि मण्डलका पदाधिकारीहरूले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयकबारे छलफल गरेका थिए । उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्री केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरूले यो विधेयक ल्याउनको लागि सहयोग गरेकोमा पार्टीका अध्यक्षलगायत नेकपा माओवादी क

सम्बन्धित सामग्री

संसदीय प्रतिनिधि मण्डल मलेसिया प्रस्थान

संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल आज साँझ मलेसिया प्रस्थान गरेको छ ।

उच्चस्तरीय भेटघाट तथा छलफलमा व्यस्त राजकिशोर यादवको नेतृत्वको प्रतिनिधि मण्डल

काठमाडौँ, माघ १९ । भारत भ्रमणमा रहेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वको प्रतिनिधि मण्डल उच्चस्तरीय भेटघाट तथा छलफलमा व्यस्त रहेको छ । भारतीय लोकसभाको विदेश मामिला समितिको निमन्त्रणामा त्यहाँ पुगेका एक दर्जन सांसदहरुले भारत भ्रमणका क्रममा भारतस्थित नेपाली राजदूत शंकर शर्मा, लोकसभाका सभाध्यक्ष ओम बिरलाल, लोकसभाका विदेश मामिला समितिका […]

सीपीसीको उच्चस्तरीय प्रतिनिधि मण्डल नेपालमा

काठमाडौं,२२ कार्तिक । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सिजाङ स्वायक्त क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डकल काठमाडौं आईपुगेको छ । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी छन् ।होटल सोल्टीमा मुकाम रहेको छुङछेङको टोलीले आजैबाट उच्चस्तरीय भेटघाट थाल्दैछ । दिउँसो उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटको कार्यक्रम छ । साँझ उनीहरुको […]

प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण दलमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान भएको छ । असोज ६ देखि १३ गतेसम्म (सेप्टेम्बर २३ देखि ३० सम्म) हुने प्रधानमन्त्रीको चीन भ्रमणमा इप्पानबाट अध्यक्ष गणेश कार्की र उपाध्यक्ष राम प्रसाद आचार्य चीन प्रस्थान भएका हुन् । उनीहरूलाई वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी, महासचिव बलराम खतिवडा, उपाध्यक्ष आनन्द चौधरी र उत्तम भ्लोन लामाले बिदाइ गरेका छन् । नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानीको खाँचो रहेकोले चीन भ्रमणका क्रममा इप्पानले चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्ने अध्यक्ष कार्कीले बताए । नेपाल र चीनबीच विद्युत व्यापारका लागि अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई जोड दिन इप्पानले प्रधानमन्त्रीलाई आग्रह गर्नेछ । निजी क्षेत्रबाट चीनमा विद्युत व्यापारका लागि पनि छलफल हुने अध्यक्ष कार्कीले बताए । ‘नेपाल सरकारले १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र २०३५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो क्षमतामा विद्युत उत्पादन गर्न धेरै नै ठूलो लगानीको खाँचो पर्ने छ । त्यसैले इप्पानले नेपालमा चिनियाँसहित उनीहरूको सम्पर्कमार्फत आउन सक्ने सम्भावित लगानीका लागि पनि चिनियाँ पक्षसँग छलफल गर्ने छ,’ अध्यक्ष कार्कीले भने । प्रधानमन्त्रीको भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरू, इप्पानसँगै अन्य निजी क्षेत्रको प्रतिनिधित्व गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरू छन् । प्रधानमन्त्री दाहालसँगै उनको सचिवालयका सदस्यहरू भने अमेरिकाबाटै चीन प्रस्थान भएका छन् ।

राष्ट्रिय सभा अध्यक्षसहितको प्रतिनिधि मण्डल स्वदेश फर्किंदै

राष्ट्रिय सभा अध्यक्षसहितको प्रतिनिधि मण्डल आज स्वदेश फिर्ता हुँदैछ।रुस भ्रमणपछि आज अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको भ्रमणकारी टिम आज स्वदेश फर्किन लागेको हो।...

चिनियाँ प्रतिनिधि मण्डल र एमाले अध्यक्ष ओलीबीच वार्ता

काठमाडौं : नेपाल भ्रमणमा रहेको  चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।नयाँ बानेश्वरस्थित संसद भवनमा आज बिहान भेटवार्ता भएको हो। भेटमा नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी थिए।लिले आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई त्यही भेट गर्नेछन्। त्यसपछि लि होटल सोल्टी फर्किने र आजै परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र प्रधानमन्त्र

चिनिया प्रतिनिधि मण्डल र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं : चिनिया सभामुख ली चान्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरस्थित लभि हलमा नेपाल र चीनको संसदका नेतृत्व सहित प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको अध्यक्ष तिमल्सिनाको सचिवालयले जानकारी दिएको छ।सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आज दिनभर उच्चस्तरीय भेटवार्ता गर्दैछन्। संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता हुने बताइएको छ।त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक

सभामुख सापकोटासहितको टोली आज स्वदेश फर्किँदै

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्कँदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किन लागेको हो । सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ : १५ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले जनाएको छ […]

सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किँदै

काठमाडौँ – संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कँदै छन्। अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्कन लागेको हो। यही असार १४ गते त्यसतर्फ प्रस्थान गरेको नेपाली संसदीय प्रतिनिधि मण्डलका तर्फबाट सभामुख सापकोटाले असार १६ गते सम्मेलनलाई सम्बोधन गरेका […]

कांग्रेस प्रतिनिधि मण्डल र भाजपा अध्यक्षबीच भेटवार्ता

भारतीय जनता पार्टीको निमन्त्रणामा भारतको राजधानी नयाँदिल्ली पुगेको नेपाली कांग्रेसको प्रतिनिधि मण्डल र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता भएको छ। सह–महामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको तीन सदस्यीय...