गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनएका उपाध्यक्ष रहेका डा केसीले आज पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । केसी यसअघि एनआरएनएको महासचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका व्यक्ति समेत हुन् ।
सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । यसअघि अध्यक्षको प्रत्यासीका रूपमा कुल आचार्य र रविना थापाले पनि छुट्टाछुट्टै पत्...