तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैंकको भवनमा सञ्चालन गरेको आइसोलेशनका लागि एमबिबीएस चिकित्सक नियुक्त गरेको छ ।
आइसोलेशनमा बस्ने सङ्क्रमितको उपचारका लागि नगरपालिकाले चिकित्सक नियुक्त गरेको हो । नगरपालिकाले कृषि विकास बैंकको भवनमा ५० जना बस्न मिल्ने गरी आइसोलेशन तयार गरेको छ । घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका सङ्क्रमितलाई राख्नका लागि नगरपालिकाले सामूहिक आइसोलेशन बनाएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।
उक्त आइसोलेशनमा प्रारम्भिक परीक्षण र अक्सिजनसमेतको व्यवस्थापन गरिनेछ । जटिल बिरामीलाई अस्पत...