दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव

काठमाडौँ, ५ चैत । दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ । बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन् । त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ । बङ्गलाचुलीमा १५ शय्याको अस्पतालन निर्माण गरि सञ्चालनमा ल्याइएको छ । तर चिकित्सक अभावले यहाँ बिबरामीले प्रभावकारीरुपमा सेवा पाउन […]

सम्बन्धित सामग्री

मुस्ताङ अस्पतालमा चिकित्सक नहुँदा सल्यक्रिया बन्द

काठमाडौं । जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभाव भएको छ । शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएपछि शल्यक्रिया पनि बन्द भएको छ । चिकित्सक अभावमा शल्यक्रिया मार्फत गरिने प्रसूति सेवा पनि बन्द भएको छ । जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुुग्नुुपर्ने अवस्था सिर्जना भएको छ । चिकित्सक डा. मुुखिया घले […]

आयुर्वेद अस्पतालमा चिकित्सक अभाव

सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको ५० शय्याको आयुर्वेद चिकित्सालयमा विशेषज्ञ चिकित्सकको अभाव रहेको छ। धनगढीको राजपुर क्षेत्रमा रहेको सो अस्पताल सञ्चालन भएको एक वर्ष बित्दा पनि विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ।

धवलागिरि अस्पतालमा चिकित्सक अभाव, सेवा प्रभावित

विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धवलागिरि अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सकमात्रै कार्यरत छन् ।

चिकित्सक अभाव भएपछि सेवा प्रभावित

दार्चुला । जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो ।       जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिटेन्डेण्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा दुई दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो ।       प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताए । रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले जानकारी दिए । अस्पतालमा तीन स्टाफ नर्सको दरबन्दी रहेकामा तीनैजना कार्यरत छन् । अस्पतालमा हेल्थ असिस्टेन्ट एक, अहेब दुई, अनमी दुई तथा ल्याब असिस्टेन्ट एक जना कार्यरत छन् । जिल्लामा हाल ४० स्वास्थ्य चौकी, पाँच निर्माणाधीन आधारभूत अस्पताल, ३३ सामुदायिक स्वास्थ्य इकाई, चार नगर स्वास्थ्य केन्द्र, १४४ गाउँघर क्लिनिक, १४२ खोप केन्द्र, आठ माइक्रोस्कोपिक सेन्टर, दुई डट्स सेन्टर तथा तीन सब कोल्ड चेन सेन्टर छन् । जिल्लाभर १४ मेडिकल अधिकृत, एक जनस्वास्थ्य अधिकृत, ४३ हेल्थ असिस्टेन्ट, २१ स्टाफ नर्स, ११७ सिनियर अहेब, १७४ सिनियर अनमी तथा ३० ल्याब टेक्निसियन कार्यरत छन् । जिल्लामा एक वर्षको अवधिमा एक हजार १८२ जनाले स्वास्थ्य बीमा गराएका छन् । कोरोनाविरुद्वको पूर्ण खोप लगाउनेको संख्या ६४ हजार ३७० जना पुगेको छ । व्यास गाउँपालिकामा चार हजार २२३, दुहुँमा पाँच हजार ११२, महाकाली नगरपालिकामा ११ हजार ९४०, नौगाड गाउँपालिकामा सात हजार ६८१, अपिहिमाल गाउँपालिकामा तीन हजार ३९०, मार्मा गाउँपालिकामा ६ हजार ५१०, शैल्यशिखर नगरपालिकामा ११ हजार ८५६, मालिकार्जुन गाउँपालिकामा आठ हजार ६३५ तथा लेकम गाउँपालिकामा पाँच हजार १२३ जनाले खोपको पूर्ण मात्र लगाएका छन् । जिल्लाभर खोपको पहिलो मात्रा लगाउनेको संख्या ८५ हजार ३९३ रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । रासस

दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामी मर्कामा

डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीम र्कामा परेका छन् । मौसम परिवर्तन सँगै अस्पतालमा बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीमारमा परेका छन् ।डडेल्धुरा अस्पतालमा उपचार गर्न आउने बिरामीको चापनिकै बढेको छ । अस्पतालमा दरबन्दीअनुसारका डाक्टरहरू नहुँदा बिरामीले चेकजाँचगर्न घण्टौ लाइनमा कुर्नुपर्ने अवस्था छ ।डडेल्धुरा अस्पतालमा चिकित्सक १९ जना विशेषज्ञ […]

डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव, २० जनाको दरबन्दीमा ५ जना कार्यरत

सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट आउने बिरामीलाई अस्पतालमा हाडजोर्नी, स्त्रीरोग, प्रसुति जनरल सर्जरी, मनरोग, वालरोग बिशेषज्ञ लगायतका महत्वपुर्ण जनशक्ति नहुँदा अन्यत्र धाउनुपर्ने बाध्यता छ ।

कोभिड अस्थायी अस्पतालमा चिकित्सक अभाव

चिकित्सक नपाएपछि समस्या भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए। अस्थायी अस्पतालमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना सहयोगीको दरबन्दी हुन्छ। तर सिगासमा अहिले एकजना स्टाफ नर्स मात्र कार्यरत छन्।

कटारी अस्पतालमा चिकित्सक अभाव

गाईघाट, रासस । जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र