चिकित्सक संघको आइसोलेसन सञ्चालनमा

नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा एक सय शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदि फाउन्डेसनले संयुक्तरूपमा कमलपोखरीस्थित अग्रवाल भवनमा एक सय शैय्याको आइसोलेसन सेन्टर बनाएका हुन् । चिकित्सक संघले आइसोलेसन अथवा क्वारेन्टाइनको आवश्यकता परेमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । यसको अलावा कोभिड–१९ का विरुद्ध […]

सम्बन्धित सामग्री

अक्सिजनसहितको २२२ शय्याको आइसोलेशन केन्द्र स्थापना

नुवाकोट । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधवारसम्ममा जिल्लाका १२ ओटा स्थानीय तहसहित नेपाली सेनाको नं एक तालीम गण र त्रिशूली अस्पतालमा गरेर २२२ शøयाको आइसोलेसन सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालका अनुसार जिल्लाका अधिकांश स्थानीय तहले पहिलो चरणको कोरोना महामारीको समयमा तयार गरेका आइसोलेसनलाई पुनः सञ्चालनमा ल्याएका छन् भने केहीले यसअघि बनाएको क्वारेन्टिनलाई स्तरोन्नति गरेर हाल आइसोलेशन केन्द्रमा रूपान्तरण गरेका छन् । ‘स्थानीय तहले बनाएका आइसोलेसनमा चिकित्सक, अक्सिजन सिलिण्डरसहितको सुविधा उपलब्ध छ’, सूचना अधिकृत खनालले भने, ‘कोरोना संक्रमितको स्वास्थ्य समस्या नभएसम्म घरमै बस्न र कमजोर महशुस भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्न भनेकाले हाल नुवाकोटमा बिरामीको उपचारका लागि शøयाको अभाव देखिँदैन ।’ आइसोलेशन कक्षमा अक्सिजन सहित अक्सिजन कन्सन्ट्रेटर, पल्स–अक्सोमिटर, पीपीई, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पीसीआरका लागि स्वाब संकलन गर्न भीटीएम सहितको सुविधा रहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिए । जिल्लाका स्थानीय तहहरू विदुर, बेलकोटगढी, तादी, शिवपुरी, ककनी, म्यागङले बनाएको केन्द्रमा चिकित्सक सहित बिरामीको उपचार सेवाका लागि स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्य कार्यालय र जिससले ती केन्द्रको अनुगमन गरेर गर्नुपर्ने सुधारदेखि आवश्यकता अनुसार शय्या बढाउने तयारी गर्न सुझाव दिएका थिए । हाल २०० शय्या रहेकोमा आवश्यकताको आधारमा वृद्धि गरेर ३०० सम्म पु¥याउन सकिने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए ।