म्याग्दे गाउँपालिकाले जामुनेस्थित कोभिड अस्पतालमा चिकित्सक नियुक्ति गर्ने भएको छ ।
आज बसेको गाउँपालिकाको ११० औ कार्यपालिकाको बैठकले जामुने कोभिड अस्पतालका लागि तत्काल एक जना चिकित्सक नियुक्ति गर्ने निर्णय गरेको हो ।
कोभिड सङ्क्रमण बढ्दै गएपछि अस्पताल सञ्चालनका लागि गाउँपालिकाले चिकित्सक परिचालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार तत्कालको आवश्यकतालाई ध्यानमा राखेर तीनदिनभित्र दुई महिनाको लागि चिकित्सक करारमा नियुक्ति गर्ने निर्णय भएको छ ।
कोभिड अस्प...