नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रन्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ । अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहिबारदेखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो । विरामीको उपचारका लागि अक्सिजन, औषधी तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफु सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाएको छ । ता