भदौ १९, काठमाडौं । एनएमबि सरल बचत इ को इकाईमा रू. २३ करोड २६ लाख १४ हजार बराबरको आवेदन परेको छ ।
विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रवार अपरान्ह तीन बजेसम्ममा ४६ हजार ५३७ जना आवेदकबाट २ करोड ३२ लाख ४३० इकाईका लागि आवेदन दिएका हुन् ।
एनएमबि क्यापिटलले गत भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्ड इ को १० करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई पहिलो चरणमा निष्कासन गर्ने क्यापिटलले बताएको छ ।
त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरिएको हो ।
उक्त इकाईमा बन्द हुने मिति छिटोमा आगामी भदौ २१ गते बैंकिङ समयसम्म रहेको छ । सो अवधिमा विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् । उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिने छ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सेवामा बैंक ता वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।