पुस ५, काठमाडौं । एनएमबि क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु सोमवारदेखि खरीदविक्री गर्न सकिने भएको छ ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने एनएमबि सरल बचत फण्ड - ई नामक खुलामुखी योजनाको इकाईहरु खरीदविक्री गर्न सकिने कम्पनीले जानकारी दिएको हो ।
क्यापिटलको कार्यालय नागपोखरीबाट इकाई खरीदविक्री गर्न सकिने छ । सोमवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरीदविक्री गर्न सकिने पनि कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार शुक्रवार, शनिवार तथा सार्वजनिक विदाका दिनमा योजनाका इकाईहरु खरीदविक्री बन्द हुनेछ । उक्त खुलामुखी योजनाको एनएमबि बैंक कोष प्रबर्द्धक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।