एनएमबि सरल बचत फण्ड–इ को इकाई कारोबार हुने दिन परिवर्तन

वैशाख ३०, काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ को इकाई कारोबार हुने दिन परिवर्तन भएको छ ।  यसअघि आइतवारदेखि बिहीवारसम्म कारोबार हुँदै आएको उक्त इकाई जेठ १ गतेदेखि सोमवारदेखि शुक्रवारसम्म कारोबार हुने भएको हो ।  खुलामुखी प्रकृतिको यस योजनाको इकाई कारोबार हुने दिन नेपाल सरकारले जेठ १ गतेदेखि लागू हुने गरी आइतवार सार्वजनिक विदा दिने निर्णय गरेसँगै परिवर्तन भएको हो । धितोपत्र दोस्रो बजारमा सूचीकृत नभई कोष व्यवस्थापकको कार्यालयबाट कारोबार गर्न सकिने यो इकाई सोमवार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिने व्यवस्था छ ।  शनिवार, आइतवार तथा अन्य सार्वजनिक बिदाका दिन कार्यालय काउन्टर बन्द रहने जानकारी समेत कोष व्यवस्थापक एनएमबि क्यापिटलले दिएको छ ।

सम्बन्धित सामग्री

एनएमबि क्यापिटलको खुलामुखी म्युचुअल फण्डको इकाई आजबाट खरीद बिक्रि गर्न सकिने

एनएमबि क्यापिटल NMB Capital  को पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु आजबाट खरीद बिक्रि गर्न सकिने भएको छ  ।  एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सरल बचत फण्ड - इ (NMB Saral Bachat Fund - E) नामक खुलामुखी योजनाको इकाईहरु आज पुस ५ गते सोमबारबाट खरीद बिक्रि गर्न सकिने भएको हो ।क्यापिटलका अनुसार हालको लागि क्यापिटलको कार्यालय नागपोखरीबाट इकाई खरीद बिक्रिको ब्यबस्था मिलाईएको छ।आइतबार देखि बिहीबारसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म इकाई खरीद बिक्रि हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार  शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिनमा यस योजनाका इकाईहरुको खरीद/बिक्री बन्द रहनेछ । यस खुलामुखी योजनाको एनएमबि बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका छन् ।  क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई  नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो । न्याभको आधारमा इकाई किनबेच हुने छ ।  खुलामुखी योजना भएकोले यसको कारोबार नेप्सेमा हुदैन ।